पंचांगःकालगणनाको सुक्ष्मत् गतिको अकाट्य गणितको प्रतिक ग्रंथ हो । यो प्रतिक
ग्रंथमा दिन , तिथी, नक्षत्र राशी ग्रह आदिको योग संयोगको बिशेष समय
सारिरिणी अंकित गरेको हुन्छ । पंचांगको शाब्दिक अर्थ पंच या पांच अंग हो ।
अझ काल गनणना पल मिनेट , घन्टा ,प्रहर अनि दिन रातमानै आधारित हुन्छ ।
यसको सैद्धान्तिक जोड , घटाउ हिसाब बाट महिना वर्ष , वा वर्षादिको निर्घारण
गरिन्छ ।
पंचांगमा काल गणनाको हिसाब वा नाप अथवा निर्घारण अकाट्य हुन्छ
। यसमा जोड , घटाउ, गुणान, र भागको सूत्रमानै पंचांगको गणितिय फल
निर्घारण हुन् ।
नेपाल भुमी ज्योतिषीहरुको उर्वर स्थल हो । ज्योतिष शान्त्रको आधारमा बिभिन्न
मुहर्तकहरु हेरिन्छ समस्त खगोत्तिम पिण्डहरुको स्थितिको आधारमा मानवमा
पर्ने प्रभाब बाट भुत, वर्तमान र भबिष्यको ब्याख्या गरिने शास्त्र हुँदा हुदै पनी
नेपाली भुमीमा आफ्नो ज्योतिषिय ज्ञान सिकाउन र त्यो प्रयोग बाट धेरै
मानिसहरुको अन्ध नयन खुलाउन लागि पर्ने सर्वमानिय ज्योतिषिहरुको संख्या भने
कमै देखिन्छन् बिधाको गुण धर्म र गरिमालाई तौलिन खोज्नु र तिनको....
ब्यबहार बखान गर्नु बिधाको साधनाको अपमान गर्नु हो । ज्योतिषले भनेको दुधको
दुध पानीको पानी गरी सत्य बोलि मानिसहरुलाई अन्धकार को संजाल बाट
निकाली उज्यालोको ज्योती ( नयाँ आयम ) प्रदान गर्नु हो । जोतिषि दिब्य
विज्ञान हो , जुन प्रकाश संग सम्बन्धित छ । जुन बौदिक संत ऋषिमुनी बाट
अनुसन्धान वा खोज गरेको पाईन्छ । जोतिष शास्त्र एउटा वेदागं हो । धर्म
विवेक , ज्ञान र चेतना प्राप्त गर्ने साधन भनेको शास्त्र हुन् । शास्त्र मध्ये पनि
ज्योतिष शास्त्र प्रमुख हुन् । ज्योतिषशास्त्र, सिद्धान्त, संहिता र होरा नामले
तीनवटा स्कन्द मा प्रसिद्ध छन्। यो वेदको प्रमुख अङ्ग मानिन्छ। वौदिक सनातन
साहित्य भन्दा प्राचिन अरु कुनै साहित्य छैन । यसैवाट मानिसले आफ्नो
अभिष्ट प्राप्त गर्न सक्छ । हिन्दु सनातन धर्म परम्पराको ज्ञान, चिन्तन , मनन गर्ने
प्रमुख स्रोत वेद ग्रन्थ हुन् । वेदवाटनै धार्मिक दार्शनिक र कर्मकाण्डसँग सम्बन्द्ध
ग्रन्थहरु निर्मित भए । ज्योतिष , ब्राम्हण ग्रन्थ , स्मृती , पुराण आदि सबैको स्रोत
वेदनै हुन् ।
नेपाली ज्योतिषशास्त्रमा ९ ग्रह , १२ राशी अनि २७ नक्षेत्रको मान्यता विशेष
हुन्छ , जसमा यि ग्रह नक्षत्रहरु एक आपसमा शुभ , अशुभ योग बनाउने निर्माण
गर्ने हुन्छ । यसै प्रकार तिथी वाट नक्षत्र आदिको तालमेलले शुभ मुहर्तको योगहरु
निर्माण हुन्छन् । जस्तै शुभ योग वा शुभाव प्रदान गर्ने नामाकरण वा
उचारणलेनै यो स्पष्ट हुन्छ की शुभ योग वा मुहर्त जिवनमा कति शुभत्वको बृद्धि
गर्दछ । र कति कल्याणकारी हुन्छ भन्ने कुरा स्पष्ट हुन्छ र अशुभ योग वा
मुहर्त अमंगलकारक हुन्छ भन्ने कुरा पनि यस्तै . दृष्टि र योगकै कुरा बाट हेरिन्छ
। जन्म कुण्डलीमा ग्रहको योग बाटनै शुभ वा अशुभ समय निकाल्ने र भबिष्यको
पुर्वानुमान गर्दै भबिष्य कथन गरिन्छ । जन्म कुण्डलीमा शुभ योगले ब्यक्ती
सुयोग्य , सफल , महान र महापुरुष बनाईदिन्छ ।
कुण्डलीको चर्चा गर्दा विभिन्न राजयोग ले मानिसलाई शुभ समयमा जिरोबाट हिरो
बनाएको धेरै प्रमाणहरू छन्। यसैगरी राजयोग सँगै अरु थुप्रै योगहरू हुन्छन् सबै
राम्रा छन् भन्ने कुरा होइन। कुण्डलीमा १२ भाव हुन्छन्। प्रत्येक भाव मा एउटा
एउटा राशि हुन्छन्। प्रथम भावलाई हामीहरुले लग्न भाव भनेर बुझ्दछम। यी सबै
भावहरूको आफ्नो आफ्नो महत्व छन्। भावमा बसेका राशिहरू बाट नै धेरै योग
सुयोग निर्माण भएको हुने गर्दछ। ज्योतिषशास्त्रमा नौवटा ग्रह छन् र योगिनी
आठवटा छन्। २७ नक्षत्र छन् भने अभिजित सहित २८ गनिन्छन्। २७ नक्षत्रका
चार पाउ हरू हुने गर्दछन्। त्यसैले २७ नक्षत्रका ४ पाउ लाई गुणान गर्दा १०८
आउने गर्दछ। एउटा राशिले नक्षत्र को ९ पाउलाई समेट्दछन् ।१२ राशिले चार
पाउ समेट्दा १०८ हुने गर्दछ। मानिसको जन्म समय आधारमा इष्टकाल भयात
भभोग र चरण निकालिन्छ र उसको नामाकरण गरिन्छ। यही सूत्र बाट नै नाम
अक्षर र नक्षत्र यो रहेछ भनेर चिना टिप्पणी मा उल्लेख गरिन्छ। अब चर्चा गरौं
जनबण्डलीको १२ भावको प्रथम भावलाई तनु भाव भनिन्छ ,दोस्रोलाई धनभाव
भनिन्छ, तेस्रोलाई सहज भाव भनिन्छ, चौथोलाई सुख भाव भनिन्छ, पाँचौंलाई
सुत भाव भाव भनिन्छ, छैठौंलाई शत्रु वा रिपु भाव भनिन्छ, सातौंलाई जाया भाव
भनिन्छ आठौंलाई मृत्यु वा कष्ट को भाव भनेर बुझिन्छ, ९ औं भावलाई भाग्य भाव
भनिन्छ दशमलाई कर्म भाव भनिन्छ, एकादशलाई लाभ भाव भनिन्छ। भने द्वादश
भावलाई व्यय वा क्षति को भाग भनेर बुझिन्छ। यी बारभाव लाई छुट्टाछुट्टै महत्वका
साथ विभाजित गरिएको छ। जस्तै १,४,७,१० लाई केन्द्र भाव भनेर बुझिन्छ।
१,५,९भावलाई धर्म त्रिकोण भनेर बुझिन्छ। २,६,१० भावलाई अर्थ त्रिकोण भनेर
बुझिन्छ।३,७,११ भाव लाई काम त्रिकोण भनेर बुझिन्छ।४,८,१२ भाव लाई
मोक्ष त्रिकोण भनेर बुझिन्छ। त्यस्तै २,५,८,११ भावहरूलाई पणफर र बाकी
३,६,९,१२ भावलाई आपोक्लीम नाम ले प्रसिद्द छन, ३,६,१०,११ भाव लाई
उपचय भाव ले जानिन्छ भने ६,८,१२भाव लाई दु:स्थान भनेर चिन्दछौ।अब
ज्योतिषका जानकार विद्वान गुरु हरूबाट कुनै पनि जातक का कुण्डली विश्लेषण
गरिन्छ भने यी त्रिकोण केन्द्र को महत्व धेरै हुने गर्छ। भाव भन्नाले कोठाहरू हुन्
भनेर चर्चा गरियो यो भाव चाहिँ कुण्डलीमा सधैं एकै ठाउँमा हुने गर्दछ। त्यहाँ भित्र
भएका ग्रह हरू चाहिँ परिवर्तन हुने गर्दछ।
ग्रहका फलादेश गर्ने क्रमको अनुभवमा मैले ग्रहदशा फलादेश गर्दा ठूला ठूला
राजयोग भएका व्यक्ति हरू पनि उच्च स्तरीय कर्म नगरी जीवन व्यतित गरेको देखें
भने दुष्ट स्थान मा बलि भएर बसेका ग्रह भएका जातकहरू धेरै मान सम्मान र उच्च
पदमा पुगेको पनि देखें। राजयोग सँगसँगै प्रारब्ध र सञ्चित कर्म हरूको धेरै ठूलो
महत्त्वपूर्ण कुण्डली विश्लेषण गर्दा ध्यान दिनु पर्ने हुन्छ। कहिलेकाहीँ हामीले चिना
हेर्दा केन्द्र त्रिकोण भित्र बसेका ग्रह हरू बाट उच्चकोटी को फल प्राप्त नगरेको देख्छौं
यस्तो अवस्थामा ग्रहहरूको तत्कालिक मैत्री र पञ्चदा मैत्री सारिणी हेर्न आवश्यक
हुन्छ साथै ग्रहको काराकांश ,बलाबल र अष्टक वर्ग हेर्नु अति नै आवश्यक हुन्छ।
सामाजिक सञ्जालमा धेरै ज्योतिषी मित्र हरूले फलादेश गरेको भेटिन्छ यो ज्योतिष
विद्या पढ्न जो कसैले सक्छ तर यसको मर्म यसको भाव र यसको विद्धत्वता प्राप्त
गर्न उसले आफ्नो कुण्डलीमा राम्रा योग लिएर जन्मनुपर्छ। यो गुड रहस्यमयिक र
दैविक विद्या भएको हुँदा यसको आफ्नै मर्यादा हुन्छ। जतिखेर मन लाग्यो त्यतिखेर
जहाँ पायो त्यही बसेर यसको फलादेश हुँदैन। अन्त्यमा ज्योतिष अनुरागी हरूलाई
गुरु परासर मुनि बाट रचित पारासर होरा शास्त्र को ज्ञान